संक्रमण फैलिएपछि मेलबर्नमा फेरि लकडाउन

0
47

काठमाडाैं । कोरोनाभाइरसबाट संक्रमितकाे संख्या बढ्दै गएपछि अष्ट्रेलियाकाे मेलबर्नमा फेरि लकडाउन घोषणा गरिएको छ । अन्य सहरमा संक्रमण राेकिँदै गएपनि मेलबर्नमा संक्रमित बढ्न थालेकाले लकडाउन घाेषणा गरेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

बुधबार रातिदेखि यो लकडाउन लागू गर्नका लागि ठूलाे मात्रामा सुरक्षाकर्मी खटाएकाे राेयटर्सले उल्लेख गरेकाे छ । अष्ट्रेलियाकाे अन्य सहरमा भने लकडाउन हटाउँदै लगिएकाे छ । 

लकडाउन कडा पार्नकाे लागि स्थानीयलाई अति आवश्यक काममा मात्र घरबाहिर निस्कन अपिल समेत गरिएकाे छ । 

याे लकडाउनकाे अवधि चार हप्ता हुने बताइएकाे छ । लकडाउनकाे अवधिमा विद्यालय र कार्यालय जान, दैनिक उपभोग्य वस्तु खरिद गर्न र स्वास्थ्यकर्मीकाे आवागमन नराेकिने बताइन्छ । 

यस्तै मेलबर्नबाट हुने सबै हवाइ उडान रद्द गरिएकाे छ भने अनावश्यक हिँड्नेलाई जरीवाना समेत तिराउने तयारी रहेकाे स्थानीय सञ्चारमाध्यमले जनाएकाे छ । अष्ट्रेलियामा अहिलेसम्म ७ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टि भएकाे छ । अहिलेसम्म १ सय ४ जनाकाे मृत्यु भइसकेकाे छ भने ७ हजार बढी संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here