स्याङ्जामा पनि देखियो सलह, प्रतिकिलो १०० दिने

0
114

स्याङजा : भारतको बिहार हुँदै शनिबार नेपाल प्रवेश गरेको सलह स्याङ्जामा पनि देखिएका छन् । आइतबार साँझ कालीगण्डकी गाउँपालिकाको ५÷६ ठाँउमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र स्याङजाले जनाएको छ । यहाँ आएका कीरा हेर्दा सलह नै भएको केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए । 

आइतबार साँझ आएका सलहलाई गाउँलेले लखेटे पनि फेरि सोमबार बिहान लाखौंको संख्यामा सलह आइपुगेको यहाँका किसानको भनाइ छ ।  ‘आइतबार साँझ आएका सलहलाई गाँउलेले आगो बालेर, टिन लगायतका विभिन्न बज्ने सामान बजाएर लखेटे।’ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भने । ‘सोमबार बिहान फेरि सलहको देखा परेको छ ।’ 

छापडाँडा, तीउघा, बारीचौर, वागचारी, लिहाद, इन्सिल लगायतका क्षेत्रमा लाखौंको संख्यामा सलह आइतबार साँझ देखिएका थिए । सोमबहार बिहान बिर्घाको तङलेहा भन्ने ठाउँमा केही झुण्ड आएको र अहिले ती कीरालाई लखेट्ने काम भइरहेको कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठको भनाइ छ । 

सलहहरु ठूला–ठूला काउरो र पिपलको रुखमा बसेको श्रेष्ठले जानकारी दिए । सहल पाल्पा हुँदै स्याङजा प्रवेश गरेका हुन् । सलहले खेती नोक्सान पुरयाउने हुदाँ पालिकाले सहल मार्नेलाई नगद दिने घोषणा गरेको छ । पालिकाले प्रतिकिलोको १०० रुपैंया दिने निर्णय गरेको हो । 

भारत हुँदै पाल्पा आइपुगेको सलह स्याङजाका दक्षिणी भाग गल्याङ, कालीगण्डकी र चापाकोट लगायतका केही स्थानसम्म आइपुग्ने सम्भावना रहेको केन्द्रका प्रमुख अधिकारीले विशेष सतर्ककता अपनाउनु पर्ने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here