म्याग्दीका दुई कोरोना संक्रमित युवा डिस्चार्ज भए

0
70

म्याग्दी : म्याग्दीका कारोना भाइरस संक्रमित दुई युवा निको भएर घर फर्किएका छन्। मालिका गाउँपालिका–४ का ३० वर्षीय टिक बहादुर पुन र मंगला गाउँपालिका–४ का १९ वर्षीय बबिन नेपालीले कोरोनालाई जितेका हुन्।  पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शनिबार बिदाइ गरिएको हो।  कोरोना संक्रमित पहिलो र दोस्रो युवा भारतबाट आएका हुन्। जेठ ९ गते आएका पहिलो कोरोना संक्रमित पुनलाई जेठ १४ गते कोरोना पोजेटिभ देखाएको थियो भने जेठ १२ गते आएका दोस्रो संक्रमित नेपालीलाई २२ गते कोरोना पोजेटिभ देखाएको थियो। 

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले बिदाइ गरेका हुन्। संक्रमित युवालाई बेनीको खुलामञ्चस्थित आइसोलेसन कक्षमा राखिएको थियो।  थप २ जनामा देखियाे डेंगु  यसैबीच म्याग्दीका थप दुई जनामा डेंगु संक्रमण देखिएको छ।  उपचारका लागि बेनी अस्पताल आएका मंगला–३ की २७ वर्षीया र रघुगंगा गाउँपालिका–३ की १९ वर्षीया युवतीमा डेंगु देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए। म्याग्दीमा यस वर्ष १६ जनामा डेंगु देखिइसकेकाे छ।  उनका अनुसार २७ वर्षीयामा शुक्रबार राति र १९ वर्षीयामा शनिबार पोजेटिभ देखिएको थियो । संक्रमित दुई जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here