गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि

0
73

काठमाडौं – बिहीबार थप ४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।  गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार स्याङ्जा जिल्ला वालिङ ठेगाना भएका क्वारेन्टाइनमा रहेका २६ र २२ बर्षका दुई पुरुष र ३९ बर्षकी एक महिलामा कोरोना पुष्टि भएको हो ।  
 
कोरोना संक्रमित भएका उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको जनाइएको छ।  त्यस्तै गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता ९पूर्व० जिल्ला, देवचुली नगरपालिका ठेगाना भका क्वारेन्टाइनमा बसेका एक १९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here