गर्मीमा यी खानेकुराहरु भुलेर पनि नखानुहोस्

0
142

काठमाडौं – अहिले गर्मी बढ्दै गइरहेको अवस्था छ । तापक्रम बढ्दै जाँदा राखेका खानेकुरा पनि चाडै नै सड्न थालेका छन् । गर्मीको समयमा केही खानेकुराहरु राखिराख्दा विग्रने गर्छ । त्यसैले सड्ने खानेकुराहरु जोगाएर राख्नुहुदैन । यस्तो अवस्थामा हामिले गर्मीमा कस्ता खानेकुरा खान हुन्छ, कस्ता हुँदैन जान्नु जरुरी हुन्छ । गर्मीको मौसममा खान नहुने केही खानेकुराहरु पनि छन् । जुन रखेर फेरि खाँदा स्वास्थ्यमा असर पर्ने गर्छ । 

अदुवा – गर्मीमा अदुवा धेरै खानु पनि राम्रोे हुदैन । अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्ने गर्छ । त्यसैले अदुवा धेरै खानु राम्रो हुदैन ।  
 
प्याज – हामिले दैनिक भान्सामा प्रयोग गरिने प्याज गर्मिमा धेरै खानु हुदैन । गर्मीमा प्याज धेरै खानु स्वास्थ्यको लागि बेफाइदा हुन जान्छ । यसले शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँछ । त्यसैले प्याज कम खानु नै राम्रो हुन्छ । 
 
सागपात – सागपात हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर गर्मीको समयमा धेरै सागपात खानु राम्रो हुदैन । यसमा प्रशस्त प्रोटिन हुन्छ । यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ ।

त्यस्तै गर्मीमा चिया र कफी पनि धेरै पिउनु हुदैन । यसले झन शरिरमा गर्मि निकाल्छ । त्यस्तै गर्मीमा तेलमा तारेको खानेकुरा पनि खानुहुदैन । बजारमा तेलमा तारेको खानेकुरा पनि भुलेर पनि खानुहुदैन।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here