राजाको तस्वीर भएको नोट नचलाउन निर्देशन

0
131

काठमाडौं । अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो ।

ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन भने सक्नेछन् । बैंकमा आएका त्यस्ता नोटहरु बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ । राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर ती नोटहरु बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here