पैसा फालेर फरार भनिएका दुई महिलामध्ये एकको आरडिटी परीक्षणमा कोरोना ‘पोजेटिभ’

0
111

बैशाख ६, जनकपुर । जनकपुरधाममा पैसा फालेर फरार भएका भनिएका दुई महिलामध्ये आरडिटी परीक्षण गर्दा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ दखिएको बताइएको छ ।  

कोरोना भाइरस(कोभिड–१९) को त्रास फैलिइरहेको अवस्थामा शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा पैसा फालेर भागेका भनिएका दुबैलाई प्रहरीले पक्राउ गरेको थियो ।  

उनीहरुको प्रादेशिक अस्पताल जनकपुर अस्पतालमा गरिएको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनएको छ । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ।

उनीहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने दुबै जना नाताले नन्द भाउजु पर्ने बताइएको छ । उनीहरुलाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको थियो । 

उनीहरुले पैशा फालेर नभई झरेको भन्ने खुल्नमा आएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताएका छन् । उनले भने  ‘पैशा फालेर हिडेँ भनेपछि खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा पैशा फालेको नभई झरेको हो भन्ने बुझ्नमा आएको छ, प्रारम्भिक अनुसन्धानका क्रममा पनि झरेको नै देखिन्छ, यद्यपी विस्तृत अनुसन्धान जारी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here