मोदीद्वारा भारत मे ३ सम्म लकडाउन घोषणा

0
129

काठमाडौँ, २ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लकडाउनलाई आगामी मे ३ तारिख सम्म लम्ब्याउने घोषणा भएको छ ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले समय मै लकडाउनको निर्णय गर्नाले भारतमा अत्यन्तै न्यून क्षति पुगेको पनि बताए । विश्वभर महामारीको रुप लीईरहेको कोरोनालाई रोकथाम गर्न आफ्नो नागरिकले घर मै बसेर लकडाउनको पालना गरेकोमा सबै प्रति आभारी रहेको पनि बताएका छन ।

लकडाउनले आर्थिक रुपमा ठुलो नोक्सानी भएको आफुलाई थाहा भएको तर मानव जीवन भन्दा ठुलो धन नभएको पनि उनले बताए । लकडाउनको नियम पालना गर्नु नै कोरोनाबाट बाच्ने एक उपाय रहेको प्रधानमन्त्री मोदीको बुझाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here