शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ, कालोबजारीको आरोप

0
107

२५ चैत, काठमाडौं । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेका थिए । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

ग्वान्झाओ जाने बेला २२ टन सामान ल्याउने भनिएपनि जहाजले ७.५ टन मात्र लिएर फर्कियो । त्यसबेला ल्याइएको स्वास्थ्य सामग्रीमा सीजी ग्रुप, नर्भिक अस्पताल र केही मेडिकल सप्लायर्सबाहेक बाँकी सामान शंकर ग्रुपकै थियो ।

त्यही बेला शंकर ग्रुपले नै अरुको सामान नल्याउन लगाएको हुनसक्ने आशंका गरिएको थियो । अहिले शंकर ग्रुपका सञ्चालक नै कालोबजारीको आरोपमा पक्राउ गरेपछि त्यसबेला आफूहरुले गरेको आशंका पुष्टि भएको एक व्यवसायी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here