बिरामी भन्दै सुताएर यात्रु ओसार्ने तीन वटा एम्बुलेन्स प्रहरीद्वारा नियन्त्रण

0
214

रौतहट, २२ चैत । लकडाउनको बेला बिरामी बोक्नु पर्ने एम्बुलेन्सली यात्रु बोक्न थालेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ३ वटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । यात्रु र चालकसहित प्रहरीले पूर्वपश्चिम राजमार्गबाट सो एम्बुलेन्स नियन्त्रणमा लिएको हो । तीमध्ये दुई वटा निजी संस्था र एउटा रेडक्रस सोसाइटीको रहेको छ ।

काठमाडौंबाट हरिवन आउँदै गरेको ज १ च १३४४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर-११ घर भएका चालक कृष्ण लामाले काठमाडौंबाट १२ हजारमा रिजर्भ गरी ६ जना यात्रु बोकेका थिए ।

बिरामी छाडेर यात्रु बोक्न थालेका कारण कडाइ गरिएको र बिरामी हो भनेर सधैं मानिसलाई सुताएर ल्याउने गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताए ।

यसैगरी, सर्लाहीको बरथहवाबाट यात्रु बोकेर वीरगञ्ज हिँडेको ना १ च ९१९६ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, यात्रु बोकेर सर्लाहीको नवलपुरबाट वीरगञ्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक राजमहम्मद मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here